alt text

                 लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र या जुनसुकै तन्त्र होस्, त्यसले खासै तात्विक अर्थ राख्दैन, जब सम्म जनताको आवाजलाई बेवास्ता गरिरहनछन। हो, दुइ चार जनाको अवाज नसुनिएला, १०-२० जना को अवाज त्यसै बिलिन होलान, तर जब हामी सैयौ र हजारौको संख्यामा त्यो अवाज बुलन्द गर्नेछौ, तब त्यसलाई प्रकाशको गति भन्दा तिब्र missile ले नि छेक्न र रोक्न सक्ने छैन ।

                Janabichar त्यहि एक मात्र थलो हो , जहा सबैले आफ्नो विचार निर्धक्क साथ ब्यक्त गर्न पाउनेछन। बहुमत जनताले जे भन्छन , जस्ताको त्यस्तै त्यो आवाज हामी सम्बन्धित निकाय समक क्ष पुराएर आधिरारिक धारणा, प्रतिबध्दता फेरी येही मंचमा राख्नेछौ। आज कुनै पनि media मा जनताको सहि मत के छ भनेर आउन सकिरहेको अबस्था छैन । कुनै बिषयमा बहस हुदा पक्षमा ५ र बिपक्षमा १५ बिचार आएको छ भने दुइतिरै को ३,३ ओटा बिचार समेटिन्छ । जसले गर्दा आम सर्बसाधरण जनतामा भ्रम पर्न जान्छ । थाहा हुदाहुदै पनि उनीहरु त्यहि गलत तथ्यांक स्विकार्न बाध्य छन् । अब फेरी पनि कसैको विचार छुट्ने छैन, फिल्टर गरिने छैन । तब त्यो बहुमत जनताको निर्णयलाइ कदर नगरिरहन पक्कै पनि सक्ने छैनन्, चाहे त्यो जस्तो सुकै तानासाह नै किन नहोस। यो सरकार , राजनीतिज्, सार्बजनिक पद धारण गरेका व्यक्ति र हामी स्वयम् सर्बसाधारणलाइ सुशासनको गोरेटोमा हिडाउने प्रयास हो। अब पनि झुक्कयारा, आलटाल गरेर,आफ्नो कर्बब्य बिमुख भएर प्रभुत्वो मात्र जमाउन पाउने छैनन्। त्यति भनिरहदा हामी सामाजिक सद्भाव भड्काउने द्वेष फैलाउने , कुनै व्यक्ति वा संगठनप्रति झुकाब राख्ने बिषयहरुलाइ दुरुत्शाहन गर्दछौ ।

                आज लाखौ युवा राष्ट्र निर्माणमा जुटिरहेको , बैज्ञानिक खोज र अनुसन्धानमा लागिरहेको , उद्योग कलकारखानामा व्यस्त हुनुपर्ने अवस्थामा, हामी कुनै manpower वा education consultancy बाहिर लाइन लागि रहेको वर्तमान अबस्था हाम्रा मुलुक सिर्सस्थ भनौदाहरुले भेउ नपाए झैँ गरिरहेका छन् । शिक्षा पछिको रोजगारको अनिश्चितताले आज सक्क्षम बयक्तीहरु दिनहु सैयौ नेपाल छाडीरहेरका छन् । यो रहर हैन , कदापि हुने सक्दैन । यो अवसरको खोजिमा हर दिन भौतारिनु परेपछिको बध्याता हो, बिवसता हो। देश प्रेमले भोको पेट अघाउदैन। यो त एउटा अवसर को लागि बर्षौ खर्चेका आजका लाखौ युवालाइ मात्र थाह छ, जो कुनै राजनीतिक पहुच वा संगठन संग अबद्द छैनन् ।

                आज हामी भ्रस्टाचार , प्रदुषीत ,गरिब , अविकसित राष्ट्रको सुचीमा अग्र पङ्गतीमा छौ। नेपाल जस्तो प्राकृतिक सुन्दर , बुद्धको जन्मभुमि , सगरमाथाको देशमा जन्मिनु आफ्नो अनिश्चित भबिस्यकै कारणले कतै अभिसाप नै पो हो कि भन्नु पर्ने अबस्था आउन नदिऔ । बिहान 2,3 घण्टा ढुंगे धारा मा लाइन बसेर 20 लिटर पानी लिन पाउदा हामीलाई ठुलै युद्द जिते झैँ लाग्छ । सडकको पिच भत्केर परेको खाल्डोमा सवारीसाधन कोल्टे पर्दा roller coaster को अनुभब लिन पाएकोमा दङ्ग पर्छौ । 2,3 चोटी काटेर phone मा clear कुरा हुदा मनमा सन्तोष मिल्छ , emergency मा काम चाहि दियो है भनेर । अझ जाजरकोटमा एउटा सिटामोल नपाएर छटपटाइरहेको ब्रिद्द आमा, स्कुल जाने उमेरका तिनका नाति नातिना जंगलमा घासको भारि काट्न कुनै ड़ाड़ा चढीरहदा बुनिने सुनौलो भबिस्यको सपाना , क्षितिजपारीको कालो बादल भित्र कता बिलिन हुदैछ कता। सिन्धुपाल्चोकको भुकम्प पिडित बाले यो जाडो त त्यहि टहरोमा कटाए, तर उनलाई भर छैन, यो बर्षादमा उनी खुल्ला आकाशमुनि प्राण जोगाउन सक्नेछन या छैनन्। रत्नपार्कमा आफ्नो कोहि आफन्त नभइ ८० वर्षको उमेरमा माग्दै हिड्नु परेको हजुरआमालाइ कोहि प्रति गुनासो छैन, किनकि उनलाई सुनिदिने फुर्सद नै कसलाई छ र। उनले भोट हालेको मान्छे सरकारमा त छ, तर कतै बाट पनि उनको नातेदार पर्दैनन ती व्यक्ति। यो असह्य पिडाको भारि बिसाउने कसलाई? सुन्ने कसले? आफै ठिक हुन्छ भनेर छाडीरह्यौ भने त्यो जादुको छडी कतै फेला पर्ने वाला छैन । म दुखि, पिडित, असाहय सर्बसाधरण जनताकोको लागि केहि गर्छु भन्ने राजनेता जन्मिने छाटकाट छैन । नेपाल सम्मुनतिको सपना सहरका सिमित व्यक्ति बाहेक अरुको लागि एउटा मिठो काल्पनिक कथा मात्र हुनेछ।

                तपाइँ हामी सबैले आफ्नो बिचार तटस्थ भइ राखौ, एक सर्बसाधारण नेपाली जनता भइ राखौ । तपाईको एक बिचार परिबर्तनको सम्बाहक हुन सक्छ । एउटा सिंगो निर्णय बदल्न पर्याप्त हुन सक्छ । नेपालमै जन्मिएका Einstein, Steve Jobs, Pele, Hilary Clinton बन्ने सपनाहरु पूर्तिका निमित्त कुनै बिदेसी भुमि चाहर्नु नपरोस । परिवर्तनको साक्षी र सहयात्री बनौ । सम्बृद्द नेपाल निर्माणका लागि एक भिन्न प्रयास !
10 people like this